Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सामाजिक सुरक्षा कोषमा करिब ५० हजार श्रमिक आबद्ध भए

सामाजिक सुरक्षा कोषमा करिब ५० हजार श्रमिक आबद्ध भए

काठमाडौं १८ भदौ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा ४९ हजार ९५३ श्रमिक आबद्ध भएका छन् । सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार मंलबारसम्ममा ४ हजार ६६० रोजदार दाता कोषमा दर्ता भएका छन् ।

मंगलबारसम्म कोषमा रकम जम्मा गर्ने श्रमिकको संख्या भने १४ हजार ३ सय ३२ मात्र छ । कोषमा हालसम्म खातामा लगभग ३१ लाख रकम जम्मा भइसकेको छ । २०७५ मंसिर ११ गते औपचारिक रुपमा सुभारम्भ भई २०७६ साउन १ गतेदेखि औपचारीक रुपमा कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषमा आगामी असोज मसान्तसम्म सम्पूर्ण श्रमिक तथा रोजगारदाता अनिवार्य रुपमा सूचीकृत भइसक्नु पर्नेछ । रोजगारदाता कोषमा आफू सूचीकृत भएको तीन महिनाभित्र आफ्ना श्रमिकलाई सूचीकरण गराइसक्नुपर्ने व्यवस्था छ ।

कोषमा आबद्ध रहेका रोजगारदाताहरुले श्रमिकहरुको आधारभूत पारिश्रमिकको ११ प्रतिशत कट्टी गरी रोजगारदाताका तर्फबाट २० प्रतिशत थप गरी कुल ३१ प्रतिशत रकम मासिक कोषको खातामा जम्मा गर्नुपर्ने हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x