Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

सीएमसी पीडित आन्दोलनमा, मेलम्ची खानेपानी आयोजनाको काम ठप्प

सीएमसी पीडित आन्दोलनमा, मेलम्ची खानेपानी आयोजनाको काम ठप्प

काठमाडौं,१९ भदौ । मेलम्ची खानेपानी आयोजनाको जिम्मा पाएको इटालियन कम्पनी सीएमसीले काम छोडेर भागेपछि सिएमसिबाट भुक्तानी पाउन बाकी लोकल भेन्डर, सब–कन्ट्राक्टर र स्थानीय मजदुरले आयोजनाको काम ठप्प पारेका छन् । सिएमसिको करारमा रहेका सवैले बाकी भुक्तानी  पाउनुपर्ने मुख्य माग उनिहरुको छ । सिएमसि भागेपछि केही महिना यताबाट उनिहरुले सीएमसीपीडित सघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन् ।

सीएमसीले राखेको बैंक ग्यारेन्टीको रकमबाट भएपनि भुक्तानी पाउनुपर्ने  माग उनिहरुको छ । त्यसो त सरकारले भुक्तानी दिने विषयमा यस अघि सहमति गरेपनि दुई महिनासम्म पनि मागको केही अंश पनि पूरा नगरेकाले आन्दोलनमा उत्रिनुपरेको समितिले बताएको छ ।

निर्माण कम्पनी, स्थानीय भेन्डर, मजदुर गरी १ अर्ब ६१ करोड रुपियाँ भुक्तानी लिनुपर्नेछ। स्थानीय भेन्डरको साढे १६ करोड, ८ सय जना स्थानीय मजदुरको साढे ८ करोड रुपियाँ रकम भुक्तानी हुनै बाँकी छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x