Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कृषि मन्त्री खनालमा देखियो डेंगुको संक्रमण

कृषि मन्त्री खनालमा देखियो डेंगुको संक्रमण

काठमाडौं,१९ भदौ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालमा डेंगुको संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु भएको पुष्टी भएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ । हाल उनको ग्रण्डी अस्पतालमा उपाचार भइरहेको छ ।

शुक्रबार हेटौंडाबाट फर्किएका खनाल ज्वरो आएपछि अस्पताल पुगेका थिए । ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए ।निदान हस्पिटलले डेंगु भएको आशंकामा मन्त्री खनाललाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेको थियो ।अहिले देशभर डेंगुको प्रकोप बढ्दै जसबाट ४५ सय बढी सक्रमित भएका छन् भने तीन जानको मृत्यु भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x