Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एटिएमबाट दैनिक ६० हजार मात्रै झिक्न सकिने

एटिएमबाट दैनिक ६० हजार मात्रै झिक्न सकिने

काठमाडौं २० भदौ । अब देखि बैक तथा वित्तीय संस्थाको एटिएम कार्डमा एक दिनमा अधिकत्तम ६० हजार रुपैयाँ मात्रै निकाल्न पाउँने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै वित्तीय संस्थाको एटिएम कार्डबाट न्यूनतम प्रतिकारोबार ५ हजार देखि अधिकतम २० हजार रुपैयाँ मात्रै नगद झिक्न पाइने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको सीमा घटाउन सक्ने केन्द्रिय बैकले निर्देशन दिएको छ ।
यस अघि वित्तीय संस्थाबाट एक पटकमा २५ हजार र प्रति दिन १ लाख रुपैयाँसम्म झिक्न सक्ने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x