Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कर्मचारीको मिलेमत्तोमा कर्जाको हिनामिना, बैक अफ काठमाडूका कर्मचारी पक्राउ

कर्मचारीको मिलेमत्तोमा कर्जाको हिनामिना, बैक अफ काठमाडूका कर्मचारी पक्राउ

काठमाडौ २१ भदौ । कमसल धितोलाई उच्च मूल्यांकन गरी कर्जा प्रवाह गरेको आरोपमा बैक अफ काठमाडूका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ परेका छन् । बैकका पूर्वकर्मचारी सहितको संलग्नमा फर्जी कागजपत्र बनाई करिब १ करोड ५० लाख रुपैयाँ हिनामिना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

बैंक ठगी गर्ने बैकका कर्मचारी सुरेन्द्र श्रेष्ठ र भूपेन्द्र श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो । सोही प्रकरणमा बैंकका पूर्व कर्मचारी समेत पक्राउ गरी धितो मूल्यांकनकर्ता लगायत विरुद्ध समेत ब्युरोले छानबिन थालेको छ । उनीहरुले खोलाछेउको जग्गालाई राजमार्ग छेउ जग्गा भनेर उच्च मूल्यांकन गरी कर्जा प्रवाह गरेको देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x