Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गत आवमा मात्रै २५ करोडको तास आयात

गत आवमा मात्रै २५ करोडको तास आयात

काठमाडौ २३ भदौ । नेपालमा गत आर्थिक बर्ष बर्ष २०७५/७६ मा २५ करोड ६ लाख ६२ हजार रुपैयाँ बराबरको तास आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार उक्त रकम बराबर १ करोड ५७ लाख २५ हजार ५ सय २१ प्याकेट तास आयात भएको छ ।

गत साउन महिनामा मात्रै २ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरको २० लाख ७४ हजार ४ सय ५३ प्याकेट तास नेपाल भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ । अघिल्लो आव २०७४/७५ मा नेपालमा १४ करोड ६५ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख ९७ हजार प्याकेट तास आयात भएको देखिन्छ । आव २०७२/७३ मा १८ करोड ७० लाख ४१ ह्जार रुपैयाँ बराबरको १ करोड ४४ लाख ९ हजार ६ सय प्याकेट तास आयात भएकोछ ।

नेपालमा बिषेश गरी चीन, भारत, मलेसिया, ताईवान, बेलायत र अमेरिका लगायत मुलुकबाट तास आयात गर्छ । विभागका अनुसार गत आवमा चीनबाट मात्र १२ करोड ६१ लख ५० हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ३ हजार प्याकेट तास नेपाल भित्रिएको छ । त्यस्तै अमेरिकाबाट गत आवमा १ करोड २८ लाख ५३ हजार रुपैयाँ बराबरको ३ लाख ५४ हजार ५ सय ४५ प्याकेट तास आयात भएको छ ।
सरकारले तास खेल्न बन्देज लगाए पनि नेपालमा दशै तिहार जस्ता चाडपर्वमा साथी र पारिवार बिच नै तास खेल्ने चलन छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x