Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न, कर्मचारीहरु सम्मानित

नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न, कर्मचारीहरु सम्मानित

काठमाडौं, २४ भदौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज आयोजना गरेको उक्त कार्यक्रममा एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको छ । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले गरे ।

देशभरिका एजेन्ट, एजेन्सी म्यानेजर, क्षेत्रीय कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा एजेन्टतर्फ ५० र एजेन्सी म्यानेजरतर्फ ५० जनालाई नगदसहित पुरस्कृत गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई पनि सम्मान गरेको हो ।

कार्यक्रममा एजेन्सी म्यानेजरतर्फको ‘एजेन्सी म्यानेजर अफ इयर’ अवार्डका लागि पहिलो हुने बिर्तामोड शाखाकी निर्मला खत्रीले ३ लाख ३३ हजार रुपैयाँ नगदसहित सम्मान–पत्र, दोस्रो हुने नयाँ बानेश्वर शाखाकी दुर्गाकुमारी खत्रीले १ लाख ८० हजार रुपैयाँ नगदसहित सम्मान–पत्र र तेस्रो हुने बिर्तामोड शाखाकै वेदनारायण गोदारले १ लाख रुपैयाँ नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन् ।

त्यस्तै, एजेन्टतर्फको ‘एजेन्ट अफ द इयर’ अवार्डका लागि पहिलो हुने नयाँ बानेश्वर शाखाका अच्युत पौडेलले ३ लाख ३३ हजार रुपैयाँ नगदसहित सम्मान–पत्र, दोस्रो हुने बिर्तामोड शाखाकी प्रमिला बस्नेतले १ लाख ८० हजार रुपैयाँ नगदसहित सम्मान–पत्र र तेस्रो हुने बूढानीलकण्ठ शाखाका नैनबहादुर खत्रीले १ लाख नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन् ।
कर्मचारीतर्फको ‘वेष्ट पर्फमेन्स अफ द इयर’ अवार्ड विर्तामोड शाखाका अमेन्द्र कुमार कर्ण र ‘वेस्ट रिजनल म्यानेजर अफ द इयर’ अवार्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक टीकादत्त प्याकुरेललाई प्रदान गरिएको छ ।

त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाले कर्मचारीको कार्यसम्पादन तथा अभिकर्ताको उत्प्रेरणा बृद्धिको लागि आवश्यक तालिम तथा उत्प्रेरणा मूलक कार्यक्रमका साथै संस्थागत सुशासनमा विशेष जोड दिने बताए ।

हाल यस कम्पनीको चुक्तापूँजी जीवन बीमाक्षेत्रकै सर्वाधिक ५४ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी छ भने लगानी ७२ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ । हाल कम्पनीले आफ्ना ग्राहकहरूका लागि देशभर फैलिएका करिब १ सय ८४ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
हालसम्म स्वदेश र विदेश गरी २६ लाख ३० हजार बढि व्यक्ति यस कम्पनीमा बीमित भइसकेको कम्पनीको तथ्याङ्क छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x