Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भ्रमण बर्षको प्रचार प्रसारका लागि फोटो सहितको अनलाईन सञ्चालन

काठमाडौं २५ भदौ । भ्रमण बर्षको प्रचार प्रसारका लागि नेपाल पर्यटन बोर्डले अनलाईन सञ्चालनमा ल्याएको छ । भ्रमण वर्ष २०२० लक्षित गन्तब्य र संस्कृति प्रचारप्रसारका लागि बोर्डले नेपाल डट ट्राभल अनलाईन संचालनमा ल्याएको हो ।

नेपाल संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले साइटको उदघाटन गर्दै साइटले नेपाल भ्रमण वर्ष २०२० प्रचार प्रसारमा राम्रो योगदान पुयाउँने विश्वास व्यक्त गरे । समय छोटो रहेका कारण भ्रमण वर्ष २०२० लक्षित प्रचारप्रसारको काम सोचेजस्तो अगाडि बढाउन नसकेको बताउँदै मन्त्री भटट्राईले भ्रमण वर्ष तयारीको एक्सिलरेसन र गियर बढाईन बताए ।
विगत चार वर्षदेखि बोर्डले औपचारिक रुपमा फोटो नेपाल कार्यक्रम आयोजना गर्दै आएकोमा मंगलबारदेखि अनलाइन मार्फत अनलाइनमार्फत तस्विर प्रदर्शन सुरु गरेको हो।

बोर्डका अनुसार यो साइटमा प्रयोगकर्ताले व्यक्तिगत प्रोफाइलमार्फत आफूले कैद गरेको तस्विर अपलोड गर्न सक्नेछन् भने अपलोड भएका तस्विर इच्छुक दर्शकले आधिकारीक व्यक्तिसँगको समन्वयमा प्रयोग गर्न सक्नेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x