Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

खुल्यो मलेसिया रोजगारी, रोजगारीको लागि मलेसिया जान पैसा नलाग्ने

खुल्यो मलेसिया रोजगारी,  रोजगारीको लागि मलेसिया जान पैसा नलाग्ने

काठमाडौ, २६ भदौ । विगत १५ महिना देखि बन्द रहेको मलेसिया रोजगारी खुलेको छ । विहीबार मलेसियामा भएको नेपाल र मलेसिया सरकार बिचको सहमती अनुसार यस अघि भएको श्रम सम्झौता कार्यन्वयन हुने भएको छ ।

मलेसिया लैजाने बहानामा विभिन्न संस्थाले कामदारलाई ठगेपछि सरकारले सबै संस्थाहरु खारेजी गरेको थियो । २०७५ जेठ ४ गते देखि मलेसिया रोजगारी बन्द थियो । तर, गत कार्तिक १२ मा नेपाल र मलेसिया बिच श्रम सम्झौता भएको थियो । विहीबार नेपाल र मलेसिया सरकार बिच भएको वार्ता पछि उक्त सम्झौता कार्यन्वयन हुने भएको छ ।

जस अनुसार अब देखि मलेसिया जाने कामदार कुनै पनि शुल्क भुक्तानी गर्नु पर्दैन । कामदारको आउँने जाने हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परिक्षण तथा सुरक्षा जाँच लगायतका शुल्क सबै रोजगारदाताले नै व्यहोर्नेछ । नेपाली कामदारले पनि मलेशियन सरकारले तोकेको न्यूनत्तम पारिश्रमिक भन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउँने छन् । साथै अतिरिक्त समय काम गरे बापत थप पारिश्रमिक तथा सेवा सुविधा पनि पाउँनेछन् । नेपाल र मलेसियन सरकार बिच भएको श्रम सम्झौता अनुासर रोजगारदाताले कामदारका लागि उचित कार्य गर्नुपर्ने, सही वातावरण र बासस्थानको व्यवस्था गर्नुपर्ने, स्वास्थ तथा सुरक्षाको व्यवस्था गर्नुपर्नेछ ।

सम्झौता अनुसार नेपाली कामदार मलेसियाको विमानस्थल पुगेको ६ घण्टाभित्र गन्त्ब्यस्थलमा लैजानुपर्नेछ । सहमति अनुसार कामदार र रोजगारदाता बिच श्रम सम्बन्धी कुनै बिषयमा विवाद भई सम्बन्धित निकायमा मुद्धा विचारणीय रहेसम्मका लागि मलेसिया बस्न पाउँने छन् । मलेसियामा कार्यरत नेपाली कामदारले आफनो परिवारको निकटतम सदस्यहरु (बाबु, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी) को मृत्यू भएमा बढीमा १५ दिनको लागि स्वदेश आउँन पाउँने व्यवस्था मिलाईनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x