Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मेलेसिया जाने नेपाली कामदारको करार अवधि घट्यो, मलेसियाको श्रम कानुनबमोजिम समान संरक्षण

मेलेसिया जाने नेपाली कामदारको करार अवधि घट्यो, मलेसियाको श्रम कानुनबमोजिम समान संरक्षण

काठमाडौं,२९ भदौं । अबदेखि मेलेसिया जाने नेपाली कामदारको करार अवधि दुई वर्ष मात्र हुने छ। नेपाल र मलेसियाबीच भएको नयाँ समझदारीअनुसार नेपाली करार कामदारको अवधी २ बर्ष कायम गरिएको हो ।  यसअघि कामदारको करार अवधि तीन वर्ष थियो । समझदारी अनुशार कामदारको पारिश्रमिक प्रत्येक महिनाको ७ तारिखभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । मलेसिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने सुनिश्चित हुनुका साथै अतिरिक्त समयमा काम गरेबापत थप पारिश्रमिक एवं सेवासुविधा प्राप्त हुने व्यवस्था गरिएको छ ।

मलेसिया जाने कामदारले सेवा शुल्क, आतेजाते हवाई टिकट, प्रवेशाज्ञा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत खर्च बेहोर्नु पर्ने छैन । उक्त खर्च सम्बन्धित रोजगारदाताले नै बेहोर्ने छन् । विगतमा नेपाली कामदारसँग लिइँदै आएको अतिरिक्त शुल्क समझदारीपछि नलाग्ने स्पष्ट व्यवस्था गरिएको छ ।

यसै गरी मलेसियामा कार्यरत नेपाली कामदारले आफ्नो परिवारको निकटम् सदस्य (बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने प्रावधान समावेश गरिएको छ । यसैगरी, कार्यस्थलमा हुने कामदारको दुर्घटना बिमा र स्वास्थ्य बिमालाई मलेसियाको कानुनले कामदारको सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारका हकमा समेत लागू हुनेछ । वैदेशिक रोजगारीका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूतावासलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुनेछ । नेपाली कामदारलाई मलेसियाको श्रम कानुनबमोजिम समान तहमा काम गर्ने अन्य विदेशी कामदारलाई दिइएसरहको संरक्षण मलेसिया सरकारले प्रदान गर्ने यस समझदारीपत्रमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x