Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हिमालय एयरलाइन्सको स्वमात्वि परिवर्तन

हिमालय एयरलाइन्सको स्वमात्वि परिवर्तन

काठमाडौं, १२ असोज । हिमालय एयरलाइन्सको स्वामित्व परिवर्तन गरिने भएको छ । कम्पनीमा रहेको तिब्बत एयरलाइन्सको ४८.९९ प्रतिशत स्वामित्व रहेकोमा अब उक्त कम्पनीको स्थानमा तिब्बत सिभिल एभिएसन डेभलपमेण्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले स्वामित्व रहेन छ । नयाँ लगानीकर्ता आएसँगै अब हिमालय एयरलाइन्समा चिनियाँ लगानीकर्ताको बहुमत सेयर हुने छ ।

तिब्बत सिभिल एभिएशन डेभलपमेण्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी पूर्ण सरकारी स्वामित्वको कम्पनी हो । स्वामित्व परिवर्तन भएसँगै कम्पनीले नयाँ ब्राण्ड लोगोसमेत सार्वजनिक गरेको छ । सेतो र निलो ब्राण्ड कलरलाई परिवर्तन गरेर निलो र सुन्तला रंग प्रयोग गरी हिमालयले नयाँ लोगो सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष झो एन्योङ र हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ लगो सार्वजनिक गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x