Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सिटिसी मलमा दशैं अफर मेला, गल्फ खेल्दा मोबाईल फ्रिदेखि निःशूल्क मोबाइल बीमासम्म

सिटिसी मलमा दशैं अफर मेला, गल्फ खेल्दा मोबाईल फ्रिदेखि निःशूल्क मोबाइल बीमासम्म

काठमाडौं, १४ असोज । सिटिसी मोबाइल हब सुन्धाराले दशैंको अवसर पारेर अफरै अफर सहित मोबाइल मेला सञ्चालन गरिरहेको छ । मोबाइल मेलामा मोबाइल खरिद गर्दा निःशूक मोबाइल इन्स्योरेन्स सेवा पाइने मोबाइल हबले जनाएको छ ।

विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सञ्चालति अफरै अफर सहितको मोबाईल मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । साथै बाई वान गेट वान फ्रि अफर मेलाको आकर्षण रहेको छ ।

त्यसैगरी हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निःशूक बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइल निःशूक पाइनेछ ।

हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खÞाली नजाने उपहार समेत पाउनेछन् ।
उक्त मेलामा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कार स्वरुप यामाहा को रे जेट आर स्कूटर प्रदान गरिनेछ ।

दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा लाप्टप बितरण गरिनेछ । मोबाइल मेला दशैंको फूलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कात्तिक १६ गतेसम्म लागू हुने मोबाईल हवले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x