Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जनता बैंकद्वारा ३ दिने वित्तीय साक्षरता र आधारभूत प्राथमिक उपचार कार्यक्रम सम्पन्न

जनता बैंकद्वारा ३ दिने वित्तीय साक्षरता र आधारभूत प्राथमिक उपचार कार्यक्रम सम्पन्न

काठमाडौं, १४ असोज । जनता बैंकले ३ दिने वित्तीय साक्षरता र आधारभूत प्राथमिक स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न गरेको छ । बैंकले पनौतीमा रहेको नेपाल रेडक्रस सोसाइटी, कुशादेवी उप–शाखाको संयुक्त आयोजनामा पनौती नगरपालिका वडा नं. २ र ३ मा उक्त कार्यक्रम आयोजना गरेको थियो ।

असोज ११, १२ र १३ गते गरी ३ दिनसम्म सञ्चालित उक्त कार्यक्रममा पनौती नगरपालिका वडा नं. २ र ३ का जनप्रतिनितिहरु, जनता बैंक पनौती शाखाका कर्मचारीहरु, सो क्षेत्रमा रहेका सहकारीका कर्मचारीहरु, विद्यालयका शिक्षकहरु र कुशादेवी क्याम्पसका विद्यार्थीहरु गरी करिव एक सय जनाले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमा सहभागीता जनाएका थिए ।

त्यस्तै वडा नं. २ र ३ को दैविप्रकोप जोखिम न्युनीकरण समितिद्वारा वडाका भौगोलिक क्षेत्र समेटीने गरी छनौट गरेका २४ जना सहभागीहरुलाई ३ दिने आधारभुत प्राथमिक तालिम प्रदान गरिएको थियो । उक्त तालिम लिएकाहरुले गाउँमा आइपर्ने कुनै घटनाबाट घाइते हुन पुगेकाहरुलाई प्राथमिकउपचार गरी नजिकको स्वास्थ्य संस्थामा पठाउन सक्ने जनाईएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x