Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

दशैं लागेसँगै सुनको भाउमा गिरावट, एक सातामा २ हजार २ सय घट्यो

दशैं लागेसँगै सुनको भाउमा गिरावट, एक सातामा २ हजार २ सय घट्यो

काठमाडौं, १४ असोज । दशैं नजिकिँदै गर्दा स्थानीय बजारमा सुनको भाउमा गिरावट आउन थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही हप्ता अगाडी अचाक्ली बढेको सुनको भाउ एक सातामा प्रतितोला २ हजार २ सय रुपैयाँले गिरावट आएको हो ।

गत सातकोको ७ गते मंगलबार ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । साताको दोस्रो कारोबार दिन हिजो प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो । आजको सुनको मूल्य हिजोको भन्दा ८ सय रुपैयाँले कमी हो ।

त्यस्तै गत ८ गते सुनको भाउमा ७ गतेभन्दा ६ सय रुपैयाँ वृद्धि भएको थियो भने त्यस यता सुनको भाउमा गिरावट आउन थालको हो ।

त्यसैगरी एक सातामा चाँदीको मूल्यमा पनि ६० रुपैयाँले गिरावट आएको छ । ७ गते ८ सय ८५ रुपैयाँमा खरिद–विक्री भएको चाँदी आज ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x