Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

दशैंको विदामा राष्ट्रिय वाणिज्य बैंकका २२ वटा शाखा खुला रहने

दशैंको विदामा राष्ट्रिय वाणिज्य बैंकका २२ वटा शाखा खुला रहने

काठमाडौं, १४ असोज । दशैंको विदामा राष्ट्रिय वाणिज्य बैंकका २२ वटा शाखाहरु खुला रहने भएका छन् । बैकले बिदा हुने दिन असोज १८, १९, २० र २२ गते २२ वटा शाखा कार्यालयहरु बिहान १० बजेदेखि १ बजेसम्म खुला राख्ने जनाएको छ ।

काठमाडौं उपत्यका भित्रका शाखा कार्यालयहरु बानेश्वर, भोटाहिटी, महाराजगन्ज, कलंकी, ललितपुर, र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुल्ला रहने छन् भने उपत्यका बाहिरका विर्तामोड, दमक, इटहरी, बिराटनगर, जनकपुर, वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगन्ज, धनगढी र महेन्द्रनगर शाखा कार्यालयहरु खुल्ला रहने छन् । शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीको दिन विजया दशमीका दिन २१ गते पनि खुल्ला रहने बैंकले जनाएको छ । उक्त बिदाका दिन खुल्ला रहने शाखाहरुबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्रहाकहरुलाई सेवा प्रदान गरिने छ ।

हाल बैंकले २ सय ३८ वटा शाखा कार्यालय, २ सय ४ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्गमर्फत् सेवा दिँदै आएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको बैंकले जनाएको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैयाँ र कर्जा १ खर्ब ४४ अर्ब रुपैयाँ रहेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x