Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई सिधै बैक खातामा नै सहायता रकम भुक्तानी

बैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई सिधै बैक खातामा नै सहायता रकम भुक्तानी

काठमाडौं, १६ असोज । बैदेशिक रोजगारीमा गएका मृतक कामदारका परिवारले अब सिधै आफनै बैक खातामा सहायता रकम पाउँने भएका छन् । मृतक परिवारलाई सरकारले भुक्तानी गर्दै आईरहेको सहायता रकम लिन कामदारका परिवार अब काठमाडौ धाई रहनु नपर्ने भएको छ ।

बैदेशिक रोजगारीमा गएका कामदारले करार अवधि वा करार अवधि पछिको एक बर्ष भित्रमा कुनै कारणले ज्यान गुमाएका कामदारलाई परिवारलाई बैदेशिक राजगार प्रबद्धन बोर्डले ७ लाख रुपैया भुक्तानी गर्दै आई रहेको छ । तर, यस्ता रकममा पनि दलालहरु सक्रिय भएपछि सरकारले स्थानिय तहबाट नै रकम वितरण गर्ने व्यवस्था गरेको हो ।

पिडित परिवारले स्थानिय नगरपालिका वा गाउँपालिकामा पुगेर निवेदन दिन सक्नेछन् । सोही निवेदनका आधारमा बोर्डले सम्बन्धित परिवारको बैक खातामा नै रकम राखिदिने भएको छ ।
निवेदनका साथमा पिडित कामदारका परिवारले कामदारले गएको मुलुकको प्रमाणित हुने गरी राहदानी नम्बर, नाम र फोटो भएको पेजको फोटोकपी, रोजगारदाता कम्पनी, नियोग र अस्पतालको मृत्यूको प्रमाण र शब ल्याउँदाको प्रज्ञापनपत्रको फोटोकपी, नेपालमा मृत्यू भएको अवस्थामा विदेशबाट फर्केको आगमनको छाप लागेको पेजको फोटोकपी, मृत्यूदर्ता, हकवालासँगको नाता प्रमाणित, नागरिकता, फोटो र बैकको खाता पनि संलग्न गर्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x