Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दशैंको बेला नेपाली सेना र सशस्त्र प्रहरीले निःशूल्क बस सञ्चालन गर्ने

दशैंको बेला नेपाली सेना र सशस्त्र प्रहरीले निःशूल्क बस सञ्चालन गर्ने

काठमाडौं, १८ असोज । नेपाली सेना, सशस्त्र प्रहरीले दशैंमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सेनाले दशैंको टीकाको दिनमात्र निःशुल्क बस चलाउने भए पनि सशस्त्र प्रहरीले भने तीन दिन निःशुल्क सेवा दिने जानकारी दिएको छ।

निःशुल्क बस सेवा नवमी, दशमी र एकादशीका दिन बिहान ८ बजेदेखि सञ्चालन हुने सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।दशैंको बेला सार्वजनिक यातायातका साधनहरु कम चल्ने भएकोले यात्रुको सहजताका लागि बस सेवा सञ्चालनमा ल्याएको उनले बताए ।

एउटा बस सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट यात्रुको सेवामा निस्कने छ । सो बसले ठूलो भर्‍याङ, बनस्थली, वालाजु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ । त्यस्तै अर्को बस पनि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाटै छुटने र सितापाइला, कलंकी, बल्खु हुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x