Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चिनियाँ राष्ट्रपति सी काठमाडौंमा

चिनियाँ राष्ट्रपति सी  काठमाडौंमा

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । ४:४५ मा उनी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

केही छिनपछि सीले सोल्टि होटेलमा विश्राम गरी आजै राष्ट्रपति विद्यादेवि भण्डारीसँग शितलनिवासमा भेटवार्ता गर्ने छन् । त्यसपछि आज साँझ नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ ।

साथै राष्ट्रपति भण्डारीद्वारा आयोजना गरिएको रात्री भोजमा राष्ट्रपति सी सरिक हुने छन् । उक्त रात्री भोजमा केही उद्योगी र व्यवसायीहरुलाई पनि आमन्त्रण गरिएको स्रोतले जनाएको छ ।
भोलि बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सीसँग भेटवार्ता गर्नेछन् । त्यसपछि सी नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली टोलीको वार्ता हुने जनाइएको छ ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमै नेपाल र चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षरसमेत हुनेछ । राष्ट्रपति सी भोली दिउँसो १२ः३० बजे चीन फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x