Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

अन्तरबैंक ब्याजदर क्र्यास गर्यो, ५१ अर्ब रुपैयाँ अधिक तरलता

अन्तरबैंक ब्याजदर क्र्यास गर्यो, ५१ अर्ब रुपैयाँ अधिक तरलता

काठमाडौं, २४ पुस । नेपाल राष्ट्र बैंकले अल्पकालीन ब्याजदर खासगरी अन्तर बैंक ब्याजदर र ट्रेजरी विल्सको ब्याजदरलाई ३ प्रतिशतदेखि ७ प्रतिशत बीचको करिडोरमा राख्ने मौद्रीक नीतिमार्फत् व्यवस्था गरेपनि आइतबार अन्तर बैंक ब्याजदर ‘क्र्यास’ गरेको छ । बैंकहरुले लगानीयोग्य रकमको अभाव देखाइरहेका बेला अन्तरबैंक सापटीको दर अप्रत्यासीत रुपमा ३ प्रतिशतभन्दा तल आएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए । थापाका अनुसार अहिले बजारमा ५१ अर्ब रुपैयाँ अधिक तरलता छ ।
अन्तर बैंक ब्याजदरको तल्लो सीमा ‘क्र्यास’ गरेपछि नेपाल राष्ट्र बैंकले बजारबाट तरलता प्रशोचन गर्ने गर्छ भने माथिल्लो सीमा ७ प्रतिशत भएपनि ५ प्रतिशत नाघेपछि बैंकहरुलाई रिपो दिन्छ ।
ब्याजदरमा तीव्र उतारचढावलाई निरुत्साहीत गर्न नेपाल राष्ट्र बैकले ब्याजदर करिडोर लागू गरेको हो । अल्पकालीन ब्याजदरमा स्थिरता आए कर्जा तथा निक्षेप जस्ता दीर्घकालीन प्रकृतिका ब्याजदरलाई पनि करिडोरमा हिडाउँन सकिने केन्द्रीय बैंकको विश्वास छ । ब्याजदरको तीव्र उतारचढावले व्यावसाय गर्नेहरुलाई समेत बैंकसँग ऋण लिदाँ व्यावसायको लागत तथा प्रतिफल अनुमान गर्न कठिन हुने र व्यवसायको सम्भाव्यतामा समेत असर परिरहेको नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति अन्जन श्रेष्ठ बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x