Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

गलत पुरुषको शुक्रकिटबाट महिलाहरु गर्भवती

गलत पुरुषको शुक्रकिटबाट महिलाहरु गर्भवती

एजेन्सी, पुस । नेदरल्याण्डमा एउटा यस्तो आश्चर्यजनक घटना भएको छ जहाँ महिलाहरु गलत पुरुषको शुक्रकिटबाट गर्भवती भएका छन् । त्यहाँको एक टेष्टट्युब प्रविधिबाट गर्भाधान गराउने आइभीएफ सेन्टरले त्यहाँ उपचार गराउन आएका २६ जना महिलाहरु गलत पुरुषको शुक्रकिटबाट गर्भवती भएको हुनसक्ने जनाएको छ ।
युट्रेच युनिभर्सिटी मेडिकल सेन्टरले सन् २०१५ को अप्रिलदेख सन् २०१६ को नोभेम्बरको बीचमा भएको प्रक्रियागत गडबडीका कारण यस्तो भएको जनाएको हो । त्यहाँ उपचार गराएका २६ दम्पतीमध्ये आधाजसोमा कतिपयले बच्चा जन्माइसकेका छन् भने कति गर्भवती छन् । प्रक्रियात्मक गडबडीका कारण गलत पुरुषको शुक्रकिटबाट गर्भवती भएका महिलाहरुलाई त्यसको बारेमा जानकारी गराइसकिएको मेडिकल सेन्टरले जनाएको छ । साथै उसले ती दम्पतीहरुसँग माफी पनि मागेको छ ।
मेडिकल सेन्टरले एक विज्ञप्तीमा भनेको छ हुनसक्छ फर्टिलाइजेसनको दौरान २६ अन्य जोडीहरुका डिम्बको मिलन उपचार गराइरहेका एक दम्पती शुक्रकिटसँग भयो । त्यसैले डिम्बको मिलन खास पिताको शुक्रकिटसँग नभइ अरु नै पुरुषको शुक्रकिटसँग भएको सम्भावना छ । यस्तो गल्तीको सम्भावना कम भए पनि त्यसलाई इन्कार गर्न नसकिने उसले जनाएको छ ।
सन् २०१२ मा सिंगापुरमा एक महिलाले आफ्ना पतिको शुक्रकिटमा अरु अपरिचित पुरुषको शुक्रकिट मिसाइदिएको भनी एक क्लिनिकविरुद्ध मुद्दा हालेकी थिइन् । आफूले जन्माएको बच्चाको छालाको रंग आफ्ना पतिको रगसँग नमिलेपछि उनले क्लिनिकविरुद्ध यस्तो मुद्दा हालेकी थिइन् ।
(

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x