Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेप्से उकालो तर्फ

नेप्से उकालो तर्फ

काठमाडौं, २५ पौष । साताको तेस्रो दिन पनि नेप्से परिसुचक उकालो लागेको छ । मंगलबार नेप्से परिसुचक १२.२७ अंकले बढेर १४५६.०७ विन्दुमा पुगेको छ ।

तिन दिन लगातार नेप्से परिसुचक बढेको छ । यसरी नेप्से परिसुचक बढ्न क्रममा रहँदा शेयर बजारले माथि उक्लने संकेत देखाएको जानकारहरु बताउँछन् । तिन दिन लगातारको वृद्धिले शेयर बजारमा लगानीकर्ताहरुको मनोबल बढाएको एक लगानीकर्ताले बताएको छ । तिन दिनमा शेयर बजार ३२.२४ अंकले बढेको छ ।

नेप्से परिसुचकसंगै कारोबार रकम समेत लगातार बढेको छ । मंगलबार शेयर बजारमा ५० करोड १७ लाख ७० हजार ५०९ रुपैयाँको कारोबार भएको छ । यो दिन नेपाल लाईफ इन्स्योरेन्सको मात्र ६ करोड ३६ लाख ५२ हजार ३५२ रुपैयाँको कारोबार भयो । आइतबार देखी नै नेपाल लाईफ इन्स्योरेन्समा लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ । गत आर्थिक वर्षको मुनाफा र संचित कोषबाट राम्रो प्रतिफलको घोषणा हुने सम्भावनाले इन्स्योरेन्सको शेयरमा आकर्षण बढेको पाइएको छ । मंगलबार १५८ कम्पनीहरुको ९ लाख १५ हजार ४२६ कित्ता शेयरको किनबेच भएको छ ।

मंगलबार उत्पादन तथा प्रशोधन समुहको परिसुचक बाहेक अरु जम्मे समुहगत परिसुचकहरु बढेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x