आयोजना प्रशासन चुस्त बनाउँदै आयोग

काठमाडौं, ७ फागुन । राष्ट्रिय योजना आयोगले परियोजना बैंकमार्फत् आयोजना प्रशासन चुस्त बनाउने भएको छ । बजेटमा समावेश हुने आयोजना आयोगको प्राजेक्ट बैंकमार्फत् आयोजना पूर्वतयारी सम्बन्धि फिल्टरबाट छनौट गरिनेछ ।

पूर्व तयारी पूरा भएका आयोजनालाई बजेट विनियोजनका लागि सिफारिश गर्ने र मन्त्रालयका योजना महाशाखाले लागत तथा प्रतिफल अनुमानसहित पठाएका आयोजनालाई प्रभावकारिता हरेर अध्ययनका लागि बजेट विनियोजन गर्न सकिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले बताए । आयोगले आयोजना प्रशासन चुस्त नहुँदा बजेटमा बेथिति रहेको र बजेट वैज्ञानिक नभएको बताएको छ ।

आयोजना बैंकले सिफारिश गरेका आयोजनामा बजेट विनियोजन भए बजेटको विश्वसनीयता बढ्ने आयोगका सदस्य सुशील भट्ट बताउँछन् । बजेटको प्रभावकारिता वृद्धि गरी उत्पादन र रोजगारी बढाउने, राष्ट्रिय गौरवका आयोजनालाई छिटो सम्पन्न गर्ने, ठूला परियोजनामा आवश्यक स्रोत विन्यास गरी समयमै सम्पन्न गर्न आयोगले जोड दिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *