Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय सभाका लागि आज उम्मेदवारी दर्ता

राष्ट्रिय सभाका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं, १० माघ । राष्ट्रिय सभा निर्वाचनका लागी सात वटै प्रदेशमा आज उम्मेदवार मनोनयन दर्ता गर्ने क्रम जारी छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान १० बजेबाट सुरु भएको मनोनयन दर्ताको क्रम अपरान्ह ४ बजेसम्म जारी रहनेछ ।

उम्मेदवारी दर्ताका लागि प्रदेश नम्बर १ को मोरङ, २ को धनुषा, ३ को ललितपुर, ४ को कास्की, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा रहेका उच्च अदालतमा मनोनयन केन्द्र तोकिएको छ । राष्ट्रिय सभा उम्मेदवारले मनोनयन दर्ता गर्न नागरिकताको प्रमाणपत्र, मतदाता नामावलीमा नाम समाबेश भएको प्रमाण, १० हजार रुपैयाँ घरौटी जम्मा गरेको रसिद तथा दलले उमेद्बार मनोनयन गरेको औपचारिक पत्र पेश गर्नुपर्नेछ ।

दलित, अल्पसंख्यक र अपाङगता भएकाहरुको हकमा स्थानीय तह तथा सरकारको आधिकारीक निकायबाट त्यसको प्रमाणीत गरेको प्रतिलिपि पनि पेश गर्नु पर्ने आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्यमा उमेद्बारी दिन ३५ बर्ष उमेर पुरा भएको हुनु पर्ने छ ।

अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता गराएका उमेदवारको सूची आजै साँझ ५ बजे प्रकाशन गर्ने निर्बाचन कार्यतालिकामा उल्लेख छ । राष्ट्रिय सभा निर्वाचन माघ २४ गते हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x