Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

क्यान इन्फोटेकको २४औं संस्करण शुरु, माघ ११ देखी १६ गतेसम्म संचालनमा रहने

क्यान इन्फोटेकको २४औं संस्करण शुरु, माघ ११ देखी १६ गतेसम्म संचालनमा रहने

काठमाडौं, ११ माघ । सुचना प्रविधिको बारे जानकारी दिने उद्देश्यले २४औं सुबिसु क्यान इन्फोटेक २०१८ आजबाट शुरु भएको छ । उक्त मेलाको उद्घाटन सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले गरेका हुन् ।

उद्घाटन कार्यक्रमको अवसरमा सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सुचना प्रविधिको विकासबाट मुलुकले आर्थिक सम्वृद्धि हासिल गर्ने बताए । उनले मुलुकलाई सन् २०२७ सम्ममा डिजिटल नेशन बनाउनको लागि सुचना प्रविधिमा सरकार र निजी क्षेत्रको सहकार्यबाट सम्भव हुनेमा जोड दिए । यस्तै उद्घाटन कार्यक्रमको अवसरमा क्यान फेडेरेसनका अध्यक्ष हेमन्त चौरसियाले सरकारले सहयोग गरेमा मुलुकलाई आगामी तीन वर्ष भित्र डिजिटल नेशनमा परिणत गर्न सकिने बताएका छन् । उनले मुलुकको कुनाकाप्चामा सुचना प्रविधिको पहुँच विस्तारले मुलुकलाई डिजिटल बनाउन सकिनेमा जोड दिए ।

६ दिनसम्म संचालन हुने यस वर्षको मेलामा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ । यस मेलामा ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनेछन । साथै अवलोकनकर्ताहरुले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद समेत गर्न पाउने छन् ।

यस २४ औं संस्करण क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट प्रा।ली रहेको तथा एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम प्रा।लि रहेको हुनाले यस संस्करणको अफिसियल नाम नै “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” रहेको छ, । त्यस्तै प्लाटिनम स्पोन्सर– वल्र्डलिंक कम्युनिकेसन , डायमण्ड स्पोन्सर– नेपाल टेलिकम र टि।पी लिंक गोल्ड स्पोन्सरहरु– हुवावे, एम।आई। स्मार्ट फोन र टेक्नो मोबाईल , सिल्भर स्पोन्सरहरु– नेटिस, एस।पावर, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, टेक्नोस स्मार्ट टि भी रहेका छन् भने प्रिन्ट स्पोन्सरमा– हाईसेन्स रहेको छ ।

अफिसियलहरुमा बैंक– सनराइज बैंक, ईन्स्योरेन्स– प्रुडेन्सियल ईन्स्योरेन्स, आई।एस।पी।– सुबिसु, अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, एस।एम।एस।मा– स्प्यारो एस।एम।एस।, टेलिभिजन( माउन्टेन टेलिभिजन, आइ।टि म्यागजिन( लिविंग विथ आई.सी( टि। , सि सि टि भी – विल्सन टेक्नोलोजी, हस्पिटालिटि( होटेल मर्स्याङ्दी, क्रियटिभ– विटी प्रिन्टिङ्गस् रहेका छन् ।

“सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी।टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् ।

मेलामा अनलाईन टिकटको व्यवस्था मिलाईएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीनेछ । अनलाइन टिकट खरिद २०७४ माघ ८ गते देखि ईसेवाडटकममा लग अन गरी खरीद गर्न सकिने व्यवस्था मिलाईएको छ । उक्त कार्य एफवान सफ्ट ईन्टरनेशनल र ई–सेवासँगको सहकार्यबाट गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x