Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

केएल टावरमा सुरु भयो ‘दामीसेल’मेला

केएल टावरमा सुरु भयो ‘दामीसेल’मेला

काठमाडौं, १५ माघ । राजधानीको चाबहिलस्थित केएल टावरमा ‘दामी ‘सेल’ मेला सुरु भएको छ । दामीसेल मेलामा ४५ वटा पसलहरू सहभागी छन् । तीनहजारभन्दा बढी सामानहरू डिस्प्लेमा राखिएको छ । ती सामानहरुको खरिदमा५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाइएको छ ।

शनिबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्मचल्नेछ । ५ हजार रुपैंयाको सामान खरिदमा दुईवटा फिल्म टिकट निःशुल्क उपलब्धहुने मेलाको आयोजकले जनाएको छ । साथै पाँच सय वा सो भन्दा बढीको खरिदमा दैनिक पाँच हजार रुपैयाँ बराबरको उपहार दुईजनालाई, बम्पर उपहार लक्की ड्रमार्फत् एकजनालाई दिइने टावरले जनाएको छ ।

मेलाअवधिभर केएल टावरमाविभिन्नकार्यक्रमहरू पनिसञ्चालनहुनेछन् । फेस पेन्टिङ, फेसन शो, म्यूजिकलइभेन्ट, बीबाइङ, हिपहपलगायतकार्यक्रमहरूका साथै भ्यालेन्टाइन दिवसमा स्पेशलकार्यक्रम समेत गरिने बताइएको छ । हालकेएल टावरमा ५० बढी पसलहरू छन् । मोबाइलहब, डिपार्टमेन्ट स्टोर, सर्टिङ–सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमाहल, फुटकोर्ट, खेल स्थान, बैंक, , ट्राभल एजेन्सीलगायत सबैखाले सेवा–सुविधाहरू एकै छानामुनि उपलब्ध छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x