Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

माघ पहिलो साता भित्र भारतबाट १ अर्ब रुपियाँ नेपाल राष्ट्रबैंकलाई उपलब्ध हुने

माघ पहिलो साता भित्र भारतबाट १ अर्ब रुपियाँ नेपाल राष्ट्रबैंकलाई उपलब्ध हुने

पूर्ण प्रसाद चौलागाई

२०६३ पुस २६ काठमाडौं । नेपाल राष्ट्रबैंकका प्रवत्ता नारायण पैडेले भारु नोटको व्यवस्थापन माघ पहिलो हप्ता भित्रै जन्ताहरुलाई उपल्ध गराउने बताएका छन् । लामो समय देखि भारु नोट ब्यबस्थापन हुन नसकिरहेको बेला नेपाल राष्ट्रि बैंकका प्रवत्ता नारायण पौडेलले यो समस्या चाँडै समाधान हुने बताएका छन् ।

आईतबार धनगढीमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकार संग गरेको अन्तक्रियामा उनले एक साता भित्रै भारु नोटको ब्यबस्थापन हुने बताएका हुन । नेपाल सरकार, नेपाल राष्ट्र बैंकले भारत सरकार र भारतीय रिजर्व बैंक संग निरन्तर समन्वय गरिरहेको छ प्रवत्ता पौडेलले भने,२५ हजार सम्मको सिमामा रहेर भारतीय रु १ हजार र ५ सयका नोटहरु नेपालीले साट्न पाउने छन् ।
भारत सरकारले ठूला नोटमा लगाएको प्रतिवन्धको घाटा ब्यहोरेका सिमाका नेपालीहरुलाई यसले राहत पुर्याउने पनि प्रवत्ता पौडेलले बताए । अहिले माग भए अनुसार आफुहरुले सर्वसाधारणलाई भारु नोट उपलब्ध गराउन नसकिरहेको पनि उनले बताए । हामी संग भएको मौज्दात भारु नोटहरु नै सर्बसाधारणलाई उपलब्ध गराईरहेका छौ प्रवत्ता पौडेलले भने,माघ पहिलो साता भित्र भारतबाट १ अर्ब रुपियाँ नेपाल राष्ट्रबैंकलाई उपलब्ध हुने छ । यसले नेपालीको भारु नोटको पूर्ति गर्न सजिलो हुने छ । भारतबाट बार्षिक ६ अर्व भारतीय रुपीयाँ नेपाललाई उपलब्ध गराउने कोटा निर्धारण भएको छ । भारतले नोभेम्बर ८ बाट भारु ५ सय र १ हजारका नोटमा प्रतिवन्ध लगाएको थियो ।

भारतीय नोटको अभाव हुदा नेपाल भारत सिमाका नेपाली बजारका बासिन्दा भारतीय रुपियाँ सटहीमा मोटो कमिसन दिन बाध्य छन् । अहिले नेपाल भारत सिमाका नेपाली बजारका बासिन्दा १ सय ६० रुपियाँमा खरिद हुने भारतीय १ सय रुपीयाँको १ सय ७५ रुपियाँ तिर्न बाध्य छन् । सिमाका बासिन्दाहरुले दैनिक उपभोग्य समाग्री किन्न र औषधी उपचारका लागि समेत भारतीय बजारमा जानुपर्ने हुदा महंगोमा भारतीय रुपियाँ खरिद गर्न बाध्य छन् । अहिले धनगढी, महेन्द्रनगर लगायतका बजारमा कमिशन लिएर भारतीय नोट साट्नेहरुले ब्यावसाय नै संचालन गरेका छन् । उनिहरुले साविको खरिद दरमा १५ देखि २० प्रतिशत सम्म बढी लिने गरेका छन् ।

नेपाल राष्ट्र बैंक धनगढीका प्रवन्धक बिश्रुत थापाले अहिले राष्ट्र बैंकले १ जनालाई १ पटकलाई २ हजार रुपियाँ सम्म भारतीय रुपियाँ उपलब्ध गराउने गरेको बताए । उनले बिरामीका कागजात पेश गरेमा अबस्था हेरी २० हजार सम्म उपलब्ध गराई रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x