Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेप्सेमा सामान्य वृद्धि, २.२६ अंकले माथि उक्ल्यो नेप्से

नेप्सेमा सामान्य वृद्धि, २.२६ अंकले माथि उक्ल्यो नेप्से

काठमाडौं, १७ माघ । बुधबार नेप्से परिसुचक सामान्य अंकले बढेको छ । नेप्से परिसुचक आज २.२६ अंकले बढेर १४०४.४९ विन्दुमा पुगेको छ ।

शेयर कारोबार खुलेको शुरुवाती समयमा घटेको नेप्से १३९९.७४ विन्दुसम्म पुगेको थियो । त्यसपछि नेप्सेमा सुधार आएर परिसुचकमा २.२६ अंकको वृद्धि भएको हो । बुधबार शेयर कारोबारमा समेत वृद्धि आएको छ । आज बुधबार ३१ करोड १५ लाख ३४ हजार २७५ रुपैयाँको कारोबार रकम पुगेको छ । कुल १५६ कम्पनीहरुको ७ लाख ४९ हजार ४८४ कित्ता शेयरको किनबेचबाट उक्त कारोबार रकम पुगेको हो ।

आज बुधबार कारोबार भएको १० वटै समुहगत परिसुचकहरुमा मध्ये जलविद्युत, उत्पादन र अन्य समुहहरुको परिसुचकमा गिरावट आएको छ । बुधबार जलविद्युत ८.१, उत्पादन ३.४१ र अन्य समुह ५.५७ अंकले तल झरेको छ । यस्तै बैंकिङ १ं९७, व्यापार ४.२२, होटल ३५.९२, विकास बैंक १०.१७, वित्त कम्पनी ५.७२, वीमा समुह ३१.३४ र लघुवित्त ८.०४ अंकले माथि उक्लेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x