Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शिलादेवी कृषि सहकारी संस्था लिमिटेडको तेस्रो बार्षिक साधारण सभा

धनगढी,२६ पुस
शिलादेवी कृषि सहकारी संस्था लिमिटेडको तेस्रो बार्षिक साधारण सभा मंगलबार धनगढीमा सम्पन्न भएको छ । सो सहकारीका अध्यक्ष बालकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको साधारण सभाको उद्घाटन नेशनल कोअपरेटर्स एलाईन्स नेपालका केन्द्रीय सदस्य एबं राष्ट्रिय सहकारी संघका पुर्ब संचालक भोजबहादुर बमले गरेका थिए ।
प्रमुख अतिथी बमले शिलादेबी सहकारीले स्थापनाको छोटो समयमा राम्रो प्रगती गरीरहेको बताए । उनले सहकारी संस्थाहरुले संख्यात्मक मात्र नभई गुणात्मक पमा पनि प्रगती गर्नुपर्ने बताए । सहकारी अगुवा बमले भने–‘सहकारी आन्दोलन धेरै अघि बढेको छ, अहिले रोजगारी दिने माध्यम समेत सहकारी बनेको छ ।’
साधारण सभामा संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठले प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । उनले २०७३ पुस २५ गते सम्म शेयर पुजी २७ लाख ९७ हजार, सापटी रकम ६४ लाख ८७ हजार ३ सय ८० वाकी ऋण लगानी ८० लाख १० हजार ८ सय ८१, बैंक मौज्दात ८ लाख ७ हजार ८ सय २९ र नगद मौज्दात ४८ हजार ३ सय ४४ रहेको जानकारी दिए । २५ जना शेयर सदस्यबाट शुर गरेको यस सहकारीमा हाल ६० जना शेयर सदस्य रहेको साधारण सभामा जानकारी दिईएको छ । सोही अबसरमा यस सहकारीलाई स्थापना कालदेखी सुझाब, सल्लाह दिई सहयोग गरेको तथा सहकारी आन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै नेशनल कोअपरेटर्स एलाईन्स नेपालका केन्द्रीय सदस्य एबं राष्ट्रिय सहकारी संघका पुर्ब संचालक भोजबहादुर बमलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
साधारण सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष शैलेन्द्र श्रेष्ठ, लक्ष्मी सहकारीका प्रबन्धक दिपेन्द्र श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए । संचालक समिति कोषाध्यक्ष उद्धबदेव भट्टले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा आन्तरिक लेखा परिक्षण प्रतिबेदन लेखा समिती संयोजक कलावती जोशीले प्रस्तुत गरेकी थिईन

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x