Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

¬एम्बुलेन्स खरिदका लागि रकम संकलन गर्ने अभियान

धनगढी, पुस २६ । बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न मुलुक पुगेका घोडाघोडी नगरपालिका वासी युवाहरुले एम्बुलेन्स खरिदका लागि रकम संकलन गर्ने अभियान चलाएका छन् ।
विभिन्न मूलुकमा वैदेशिक रोजगारमा रहेका यूवाहरुले सामाजिक संजाल मार्फत एकजुट भई कैलाली आप्रवासी मञ्च नामक संस्था ¬दर्ता गरी उक्त अभियान संचालन गरेका हुन् ।
कामक शिलशिलामा कूवेत, कतार, मलेसिया, दूवई, साउदी अरव, जापान र कोरिया पुगेका युवाहरुले घोडाघोडी नगरपालिकाका बासिन्दालाई लक्षित गरी एम्बुलेन्स खरिद गर्ने लक्ष्य लिएको जनाइएको छ ।
त्यसका लागि विभिन्न मुलुकमा काम गरिरहेका व्यक्तिहरु संयोजक समेत तोकिएको गोविन्द भण्डारीले बताए । कूवेतमा कार्यरत कमल प्रसाद अधिकारी, दूवईमा तिर्थ बहादूर बिष्ट रहेका संयोजक रहेका छन् । नगरपालिका भित्रका गाउघरमा आईपर्ने आपत बिपत र बिरामीहरुको समस्या लक्षित गरि एम्बूलेन्स सञ्चालन गर्ने लक्ष्य लिएको भण्डारीले बताए । । हालसम्म एक लाख रुपैया रकम जम्मा भइसकेको जानकारी तिर्थ ब. बिष्टले दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x