Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मन्त्रिपरिषद बैठकः कर्मचारीको उमेरहद ६० वर्ष बनाइँदै

मन्त्रिपरिषद बैठकः कर्मचारीको उमेरहद ६० वर्ष बनाइँदै

२७ पुस, काठमाडौं । तपाई निजामति कर्मचारी हुनुहुन्छ भने तपाईका लागि खुशीको विषय हुनसक्छ, आज बस्ने मन्त्रिपरिषद बैठकले निजामति कर्मचारीको अनिवार्य अवकास पाउने उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष बनाउँदैछ ।

आजको मन्त्रिपरिषद बैठकमा निजामती ऐनको पाँचौ संशोधन विधेयक स्वीकृतका लागि पेश हुँदैछ । मन्त्रिपरिषद स्रोतका अनुसार विधेयक स्वीकृत गरेर परामर्शका लागि लोकसेवा आयोगमा पठाइने छ ।

यसैगरी मन्त्रिपरिषदले संघीयतामा कर्मचारी समायोजनको विधेयक समेत स्वीकृत गर्दैछ । संघीयतामा जाँदा सरकारले केन्द्रीय तहमा भर्ना भएका कर्मचारीलाई नै स्थानीय तहमा समेत परिचालन गर्नेगरी कर्मचारी समायोजन विधेयक अघि सारेको थियो । यो विधेयकलाई पनि मन्त्रिपरिषदले स्वीकृत गरी लोकसेवाको सहमतिका लागि पठाउने छ ।

ज्ञवालीको भाग्यको फैसला

यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीको दोस्रो स्पष्टिकरणका सन्दर्भमा पनि मन्त्रिपरिषदले आजै निर्णय लिने स्रोतको दावी छ । ज्ञवालीका सन्दर्भमा मन्त्रिपरिषदमा प्रधानमन्त्रीको कार्यालयबाट ठाडो प्रस्ताव जाने र उनीमाथि आजै अन्तिम निर्णय हुनसक्ने स्रोतले दावी गरेको हो ।

यसअघिको मन्त्रिपरिषदले उनलाई बर्खास्त गर्ने निर्णय गरेर पनि पुनः सच्याएर दोस्रो पटकको स्पष्टिकरण सोधेको थियो । दोस्रो चरणको स्पष्टिकरण पनि चित्तबुझ्दो नभएको भन्दै उनलाई आजै बर्खास्त गर्ने तयारी रहेको एक मन्त्रीले बताएका छन् । यसैगरी प्राधिकरणमा नयाँ कार्यकारी अधिकृतको नियुक्ती पनि आजै हुने सम्भावना रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x