Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अन्तर्राष्ट्रिय दोस्रो एग्रिटेक इन्टरनेशनल एक्स्पो शुरु

अन्तर्राष्ट्रिय दोस्रो एग्रिटेक इन्टरनेशनल एक्स्पो शुरु

काठमाडौं, ३ फागुन । आजबाट काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय दोस्रो एग्रिटेक इन्टरनेशनल एक्स्पो शुरु भएको छ । मिडिया स्पेश सोलुसन्स प्रालि र फिचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट प्रालिको संयुक्त आयोजनामा उक्त कृषि एक्स्पो संचालनमा आएको हो । यस एक्स्पाको सहआयोजक प्रधानमन्त्री आधुनिक कृषी परियोजना रहेको छ ।

यस प्रदशर्नीमा नेपालमा उत्पादित खाद्य वस्तु र उत्पादन, कृषि क्षेत्रमा उपलब्ध प्रविधिहरुको अवलोकन गर्न सकिने आयोजकले बताएको छ । प्रदशर्नीमा कुल १२२ स्टलहरु रहेका छन् । जसमध्ये ७२ नेपाली र भारत, स्पेन, अमेरीका, चिन, रसिया लगायतका मुलुकहरुको ५० अन्तर्राष्ट्रिय कम्पनीहरुका स्टल रहेका छन् । नेपाली बजारमा उपलब्ध र प्रयोग भएको प्रविधी बारे व्यवसायीलाई जानकारी दिने उद्देश्यले प्रदर्शनीको आयोजन गरिएकोे मिडिया स्पेश सोलुसन्स प्रालिका श्रीजल भट्राइले जानकारी दिए ।

नेपालको परम्परागत कृषी प्रणलीलाई आधुनिकीकरण गरी देशको कृषी क्षेत्रलाई विकास गर्न प्रदर्शनीले महत्वपुर्ण भुमिका खेल्ने आयोजकले बताएको छ । प्रदर्शनीमा ५२ हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा आयोजकले राखेको छ । प्रदर्शनीमा बाख्रा पालन, माछा पालन सम्बन्धि विशेष सेमिनार हुने आयोजकले जनाएको छ । सो प्रदर्शनी ४ दिन सम्म चल्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x