Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

ओम डेभलपमेन्ट बैंकको बुक क्लोज

ओम डेभलपमेन्ट बैंकको बुक क्लोज

काठमाडौं, ६ फागुन । ओम डेभलपमेन्ट बैंकले फागुन १४ देखी २५ गतेसम्मका लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ । बोनस शेयर र वार्षिक साधारण सभाको प्रयोजनका लागि बैंकले शेयर दर्ता किताब बन्द गर्न लागेको छ ।

बैंकले फागुन २५ गते बस्ने ११औं वार्षिक साधारण सभामा १७.६९ प्रतिशत बोनस शेयर दिने भएको छ । फागुन १३ गतेसम्म बैंकको शेयर किन्ने शेयर लगानीकर्ताहरुले प्रस्तावित बोनस शेयर पाउँनेछन् ।

बोनस शेयर वितरण पछि बैंकको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x