Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सन् १९५० को सन्धि परिमार्जन गर्न सुझाव दिने सहमति सहित सकियो इपिजी बैठक

सन् १९५० को सन्धि परिमार्जन गर्न सुझाव दिने सहमति सहित सकियो इपिजी बैठक

काठमाडौं, १३ फागुन । नेपाल–भारत प्रवुद्ध समूह (इपिजी) ले नेपाल र भारतबीचको सन् १९५० को असमान सन्धि परिमार्जन गर्दै नयाँ सम्बन्ध कायम गर्न लिखित सुझाव दिने भएको छ। इपिजीले दुवै देशका प्रमुखलाई दुई देशबीच कायम रहेको सम्बन्धलाई अझ उचाइमा पुर्याउन असमान सन्धीहरु खारेज गर्दै नयाँ सन्धि गर्न सुझाव दिन लागेको हो।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्लेनमा मस्यौदाको स्वरुपलाई अन्तिम रुप दिने सहमतिसहित बैठक सकिएको समूहका सदस्य भेषबहादुर थापाले जानकारी दिए । थापाले दुवै देशका सरकारलाई साझा प्रतिवेदन बुझाउने बताए।

इपिजीमा भारततर्फबाट सदस्य भगतसिंह कोसियारीले हाल कायम रहेको सम्बन्धलाई सुधार गर्दै यसअघि भएका सम्झौता पुनरावलोकन गर्ने सहमति भएको बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x