Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

९ रुपैयाँको नुन २५ रुपैयाँमा बेच्दै

पूर्ण प्रसाद चौलागाई २०७३ माघ १० बझाङ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट सहुलियतमा वितरण हुने आयोडिनयुक्त नुन बझाङका अधिकांश ब्यापारीहरुले ९ रुपैयामा खरिद गरि २५ रुपैयामा बेचिरहेको तथ्य खुलेको छ ।

सरकारले सहुलियत मूल्यमा उपलब्ध गराएको नुन व्यापारीहरुले खरिद गरी सर्वसाधारणलाई बेचिरहेको स्याँडीका करन बोहराले बताए । साल्ट ट्रेडिङले सहुलियत दरमा नागरिकलाई उपलब्ध गराउने नुनको प्रति प्याकेट ९ रुपैयाँ पर्छ । त्यही नुन साल्ट ट्रेडिङबाट व्यापारीले ल्याएर २५ रुपैयाँसम्म बेच्ने गरेको स्याँडीका करन बोहराले बताए । साल्ट टे«डिङले सहुलियत दरमा बिक्री गर्ने अहिले बझाङको तल्कोट बिक्री केन्द, बागथला बिक्री केन्द र चैनपुर डिपो कार्यालयबाट बिक्री हुँदै आएको चैनपुर डिपो कार्यालयका प्रमुख टेकबहादुर बहोराले बताए ।

रायल गाविसकी भुवनेश्वरी सिंहकाअनुसार बिक्री केन्द्रसम्म पुग्न नसक्ने अधिकांश सर्वसाधारणले नुन पसलबाट नै खरिद गर्ने गरेका छन् । जिल्लामा रहेका विथ्थड, स्याँडी, देउलेख, झोता, बागथला, चैनपुरलगायतका स्थानीय बजारका व्यापारीहरुले साल्ट ट्रेनिङबाट सहुलीयतदरको नुन ल्याएर महंगो मुल्यमा बेच्ने गरेका हुन् । तर चैनपुर डीपो प्रमुख बोहराका अनुसार आफूले यसरी नुन व्यापारीलाई नदिएको दाबी गरे । एक जनालाई एक प्याकेटमात्र नुन दिने भएकाले व्यापारीले नुन बेच्न नपाउने उनको दाबी छ ।

दुर्गम जिल्लाका नागरिक उपलब्ध गराइने अनुदानको भानु नुन स्थानीय बजारमा बिक्री वितरण गर्न पाईदैन । यदी कसैले डीपो कार्यालय तथा बिक्री केन्द्रबाट सहुलियतदरको भानु नुन बजारमा बिक्री वितरण गरेको पाइए कालो बजार ऐन अन्तर्गत कारबाही गरिने बझाङका डीपो प्रमुख टेक बहोराले बताए । उता नुन लिन बिक्री केन्द्रमा नआएका नागरिकको नामबाट व्यपारीले नुन ल्याएर बेच्ने गरेको स्थानीयबासिन्दाको आरोप छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x