Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लोडसेडिङ नघटाए कडा संघर्ष गर्ने लम्की बृहतर बिकास मञ्चको चेतावनी

लम्की, २ माघ । कैलालीको लम्की क्षत्रमा लोडसेडिङ नघटाए कडा संघर्ष गर्ने ब्यापारीहरुले चेतावनी दिएका छन् ।

कैलालीको लम्कीमा आज पत्रकार सम्मेलनको आयोजना गरी अनियमितरुपमा भइरहने लोडसेडिङले यहाँका जनताले समस्या खोपीरहेकोले तत्तकाल लोडसेडिङ नघटाए कडा संघर्ष गर्ने ब्यापारीहरुले चेतावनी दिए ।

लम्की बृहतर बिकास मञ्चका अध्यक्ष सुर्य बहादुर थापालले पटक पटक समस्या समाधानका लागि नेपाल बिद्युत प्राधिकरण कार्यलय लम्कीलाई लोडसेडिङ नघटाउन आग्रह गरेको बताए ।

चीसो मौसममा समेत चर्को लोडसेडिङ हुने भएकाले अबको बिकल्प आन्दोलन हुने उनको भनाई छ ।

उनले पत्रकार सम्मेलन मार्फत पहिलो चरणको जानकारी मुलक दबाब अभियान दिएको जानकारी दिदै यदि लोडसेडिङ घटेना भने काठमाडौंमै गएर संघर्ष आन्दोलन गर्ने बताए ।

लम्कीका ब्यापारी महादेब बजगाईले केन्द्रमा सरकारले लोडसेडिङ मुक्तको नारा चलाउने तर स्थानीय स्तरमा शहरनै अध्यारो हुदा सरकारको बोली र ब्यबहार फरक भएको उद्घोष गरे ।

यस क्षत्रका ब्यापारी रतन थापाले लोडसेडिङको कारण उद्योगधन्दा नचलेको र त्यसको मार अर्थ तन्त्रमा समेत परेको बताए ।

युवा ब्यबसायी खेम राज न्यौपानेले दबाब नदीएर केहीकाम पनि नहुने संस्कार नेपालमा बिकास भएकाले लम्कीको बिद्युत समस्या समाधानका लागि कडा संघर्ष गर्न ब्याध्य नबनाउन नेपाल बिद्युत प्राधिरण कार्यलय लम्कीलाइ आग्रह आग्रह गरे ।

लम्की चुहा उद्योग बाणिज्य संघका उपाध्यक्ष डील्ली प्रसाद गडतौलाले उद्योग बाणिज्य संघले पनि यस बारे कुरा उठाइरहेको र बिद्युत प्राधिकरणले कुरा नसुने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x