Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

नेपालगंज उपमहानगर व्यवस्थापनका लागि हिमालयन बैंकको आर्थिक सहयोग

नेपालगंज उपमहानगर व्यवस्थापनका लागि हिमालयन बैंकको आर्थिक सहयोग

काठमाडौं, १६ फागुन । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपालगंञ्ज उपमहानगरपालिका क्षेत्रको फोहरमैला, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान लगायतका लागि एकलाख पँचास हजार रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक बैंकको नेपालगञ्ज शाखा प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धबलशम्शेर राणालाई हस्तानत्रण गरे ।

कार्यक्रममा मेयर डा. राणाले नगर क्षेत्रको फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान जस्ता कार्य सबै नगरबासीे तथा संघ संस्थाको साझा कार्यक्रम भएकोले सबैको सहकार्यको आव्हान गर्दै सहयोगको लागि हिमालयन बैंकलाई धन्यबाद व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x