Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआईसी एसिया बैंकबाट लक्ष्मण रिसाल बाहिरिए

एनआईसी एसिया बैंकबाट लक्ष्मण रिसाल बाहिरिए

काठमाडौं, २४ फागुन । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मण रिसालले पदबाट राजीनामा दिएका छन् । तत्कालीन सीईओ सशीन जोशीले बैंक छाडेपछि गत वर्ष जेठमा उनलाई सीईओ नियुक्त गरिएको थियो । सीईओ नियुक्त भएको दुई वर्ष नहुँदै रिसालले बैंक छाड्न लागेका हुन् । उनले आफ्नो नयाँ गन्तव्यका सम्बन्धमा खुलाएका छैनन् । बैंकिङ क्षेत्रमा अढाइ दशकभन्दा लामो अनुभव सँगालेका रिसाल अनुभवी बैंकर मानिन्छन् । एनआईसी एसिया बैंकले पछिल्लो समय आक्रामक ढंगमा लगानी विस्तार गरिरहेको छ भने उच्च ब्याजदरमा निक्षेप पनि संकलन गरिरहेको छ ।
तत्कालीन एनआइसी बैंक र बैंक अफ एसिया गाभिएर एनआईसी एशिया बैंक बनेको हो । दुवै बैंकका प्रवद्र्धकहरु एकै घरानाका भएकाले तत्कालीन गभर्नर तथा हालका अर्थमन्त्री डा. युवराज खतिवडाले दुई बैंकलाई मर्जरमा जाने विकल्प दिएका थिए । एनआइसी एसिया बैंकमा तिहारको समयमा स्वीफ्ट कारोबार ह्याक भएको घटना बाहिर आएको थियो । स्वीफ्ट कारोबार ह्याकबाट बैंकले झण्डै ६ करोड रुपैँयाको नोक्सानी बेहोर्नुपरेको बताइएको छ । यद्यपि एनआईसी एसिया बैंकले ह्याकरले भुक्तानीका लागि एनआइसी एसिया बैंकको विदेशी खाता सञ्चालक न्यूयोर्कस्थित मस्रिक बैंकबाट भएका ट्रान्सफर अन्य देशका बैंकहरुलाई रोक्का राख्न लगाइ फिर्ता लिने कोशिस भइरहेको उल्लेख गरेको छ । रिसालसँग बीमा क्षेत्रमा पनि काम गरेको अनुभव छ । उनी प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख सञ्चालन अधिकृत थिए । एनआइसी र बैंक अफ एसिया मर्जरपछि उनी पुनः महाप्रबन्धक पदमा फिर्ता भएका थिए । सन् १९९० मा तत्कालीन नेपाल ग्रीण्डलेज बैंकबाट करिअर सुरु गरेका रिसाल बैंक व्यवस्थापनको उच्च पदसम्म पुगेर बाहिरिएका छन् । उनीपछि बैंक सञ्चालकहरुबीच डेपुटी सीईओ रोशन कुमार न्यौपानेलाई नै सीईओको जिम्मेवारी दिने वा पूर्व सीईओ सशीन जोशीलाई नै फर्काउने भन्ने सम्बन्धमा छलफल शुरु भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x