Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आइजीपीको लागि चार डीआइजी प्रतिस्पर्धामा

आइजीपीको लागि चार डीआइजी प्रतिस्पर्धामा

काठमाडौं, १० माघ । ०६२र६३ को आन्दोलनपछि सबैभन्दा लामो समय नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने अवसर पाएका उपेन्द्रकान्त अर्याल आगामी फागुन २ गते घर जाँदै छन् । अवकाशको एक महिनाअघि विद बस्ने परम्परा भए पनि अर्याल विदा बसेका छैनन् ।

नियम अनुसार नेपाल सरकारले एआइजी मध्येबाट आइजीपी बनाउनुपर्ने भए पनि उपेन्द्रकान्तसँग एउटै ब्याचका एआइजीहरु भएकाले अर्यालसँगै सबै एआइजी घरजाने अवस्था छ । र, यसको सोझो फाइदा डीआइजीहरुलाई हुनेछ । हाल नेपाल प्रहरीमा हाल प्राविधिकतर्फ बाहेक २७ जना डीआइजी छन् । अब यिनै डीआइमध्येबाट आइजीपी बन्ने सम्भावना देखिन्छ ।

एआइजी नभए डीआइजीमध्ये उत्कृष्टलाई आइजीपी बनाउन सक्ने नियमावलीमा व्यवस्था छ । यसैवीच अहिले नेपाल प्रहरीको नेतृत्व सम्हाल्न चार डीआइजीवीच प्रतिस्पर्धा चलिरहेको छ ।

डीआइजीको रोलक्रममा एक नम्बरमा रहेका नवराज सिलवाल, दुई नम्बरमा रहेका प्रकाश अर्याल, तीन नम्बरमा रहेका जयबहादुर चन्द र चार नम्बरमा रहेका बमबहादुर भण्डारी आगामी आइजीपीको प्रतिस्पर्धामा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x