Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अछाममा ४१ प्रतिशत बालबालिका कुपोषणबाट पीडित

अछाम, १० माघ । पोषण खाद्य सुरक्षा रणनिति तयारीकालागि सरोकारवाला सँगको सुझाव संकलन गोष्ठि सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला कृषि बिकास कार्यालय अछामको समन्वयमा यस अघि अछामका विभिन्न गाबिसको अध्ययन अनुसार पराक्टीकल एक्सनले तयार पारेको सांराश रणनीतिमा सरोकारवालाले सुझाब दिएका हुन ।

सहभागी राजनितिज्ञ तथा सरोकारवालाले अछाम जिल्लाको पोषण र खाद्यको स्थितीको अध्ययन गर्दा जिल्लामा उत्पादित खाद्यान्नले किसानलाई खान पुगि रहेको छ की छैन भन्ने बिषयमा पहिले अध्ययन गर्नु पर्नेमा जोड दिएका थिए । जिल्लामा अझै पनि स्थानीय उत्पादनलाई बढवा दिन नसकिएकाले यस क्षेत्रमा सबैको ध्यान जानु पर्ने बताएका छन् ।

जिल्लाका सबै गाबिसको स्थिती झल्कीने गरि कुन ठाँउमा के उत्पादन हुन्छ भनेर सुक्ष्म अध्ययन गरिनु पर्नेमा जोड दिएका थिए । पराक्टीकल एक्सनले गरेको अध्ययन अनुसार अछाम जिल्लामा ३० प्रतिशत जनता खाद्य असुरक्षाबाट पीडित भएको पाईएको छ भने ४१ प्रतिशत बालबालिका कुपोषणबाट पीडित भएको पाईएको छ ।

कार्यक्रममा उद्देश्य सहितको साराशं प्रस्तुती पराक्टीकल एक्सनका पोषण खाद्य सुरक्षा अधिकृत कुष्ण तिवारीले प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला कृषि बिकास कार्यालय अछामका वरिष्ठ कृषि बिकास अधिकृत विष्णु हरि देवकोटाले अछाम जिल्लाको जनसख्या अनुसार अझै ११ हजार बढी मेट्रीक टन खाद्यान्न अभाव भएको बताए । जिल्लामा व्यावसाय सहित उत्पादन दिने बाली सबै किसानले प्रयोगमा ल्याउनु पर्ने उनको जोड थियो ।

आधुनिक कृषि प्रणाली, सिचाई, मल, विउ, कर्मचारी अभाव तथा कृषि शिक्षाको अभावका कारण सबैको कृषिमा पहुच पुग्न नसकेको बताए । सहभागि सबैका जिज्ञासाको उत्तर दिदै पराक्टीकल एक्सनका म्यानेजर पुष्प पौड्यालले सबैका सुझावलाई संकलन पछी अब कार्य योजनामा समेट्ने बताए । जिल्ला कृषि विकास कार्यालयको समन्वयमा आफनो कार्य योजना निर्माण भएकाले सबैले गहिराईमा पुगेर अध्ययन गरि सुझाव दिन आग्रह गरे ।
कोसेली समाचारबाट

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x