Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सार्क उद्यमी सम्मेलन काठमाडौंमा, आज देखि विषयगत छलफल

सार्क उद्यमी सम्मेलन काठमाडौंमा, आज देखि विषयगत छलफल

काठमाडौं, ३ चैत । दक्षिण एसियाका व्यवसायीहरुको बृहत सम्मेलन ‘सार्क बिजनेश लिडर्स कनक्लेभ ’ हिजो देखि काठमाडौंमा सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा उनले दक्षिण एसियामा उपलब्ध अपार साधन र स्रोतको परिचालन गरि सम्बृद्धिको बाटोमा अगाडि बढ्नका लागि एकीकृत सहकार्य आवश्यक भएको बताए ।

नेपालमा राजनीतिक संक्रमण सकिएको भन्दै प्रधानमन्त्री ओलीले अवको मुख्य कार्यभार मुलुकको आर्थिक सम्बृद्धि भएको बताए ।
सम्मेलनमा सार्क राष्ट्रका उद्योगी व्यवसायी, प्रशासनिक नेतृत्व तथा विज्ञहरु सहित २ सय भन्दा बढीको सहभागिता रहेको छ ।

सम्मेलनमा आज देखि विषयगत छलफल सुरु भएको छ । सार्क क्षेत्रको साझा सम्बृद्धि, सार्क मुलुकमा व्यापार र लगानी प्रवद्र्धन, आर्थिक राजनीतिक संकट, विश्व अर्थव्यवस्थामा सार्कको भूमिका लगायतका विषयमा समूहगत छलफल गरिने छ ।सम्मेलन भोली सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x