Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

१८ अर्ब २८ करोड रुपैँया शोधनान्तर घाटा

१८ अर्ब २८ करोड रुपैँया शोधनान्तर घाटा

काठमाडौं, ५ चैत । आयातको तुलनामा कमजोर निर्यात र रेमिट्यान्स तथा वैदेशिक लगानी उल्लेख्य बढ्न नसक्दा शोधनान्तर घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा शोधनान्तर घाटा १८ अर्ब २८ करोड रुपैँया पुगेको छ । गत वर्ष सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ९५ करोड रुपैँयाले बचतमा रहेको थियो । नेपालले आर्थिक वर्ष २०६७—६८ पछि ठूलो परिमाणमा भुक्तानी असन्तुलन बेहोर्नुपरेको पहिलोपटक हो । चालु खाता घाटा अत्याधिक बढेको छ । चालु खाता १४१ अर्ब रुपैँयाले घाटामा छ । गत वर्ष सोही अवधिमा चालु खाता घाटा १० अर्ब ६६ करोड रुपैँया रहेको थियो । देशको बाह्य व्यापार असन्तुलनले शोधनान्तर अवस्थामा ठूलो प्रभाव पारेको भएपनि राष्ट्र बैंकले भने वैदेशिक मुद्राको रिजर्भ घट्न नथालेसम्म आयात कटौती गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरेको छ ।

केन्द्रीय बैंकका अनुसार, चालु वर्षको सात महिनामा ६ खर्ब ६१ अर्ब २३ करोड रुपैँयाको आयात भई निर्यात ४७ अर्ब ६२ करोड रुपैँया बराबरको निर्यात भएको छ । व्यापार असन्तुलनमा वृद्धि भई व्यापारघाटा ६ खर्ब १३ अर्ब रुपैँया पुगेको छ ।

सातौं महिनामा उपभोक्ता मुद्रास्फिति बढेर ५ प्रतिशत पुगेको छ । गत महिनाको तुलनामा मुद्रास्फिति १ प्रतिशत बिन्दूले बढेको छ । निर्वाचनको समयमा मुद्रा प्रवाहमा वृद्धि भई मागजन्य कारणले मुद्रास्फिति वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुद्रास्फिति ६.५ प्रतिशतमा राख्ने लक्ष्य लिएको छ ।

प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो महिनाको तुलनामा सातौं महिनामा खासै वृद्धि भएको छैन । समीक्षा अवधिमा वैदेशिक लगानी आप्रवाह १४ अर्ब ३४ करोड रुपैँया पुगेको छ भने पुँजीगत ट्रान्सफर १० अर्ब ६४ करोड रुपैँया रहेको छ । रेमिट्यान्सको वृद्धिदर घटेको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्सको वृद्धिदर ५.२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा १.७ प्रतिशतले रेमिट्यान्स वृद्धि भई ४ खर्ब १ अर्ब ३५ करोड रुपैँया रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x