Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

श्वेतपत्र जारी गर्दै सकियो छैटौ सार्क बिजनेश लिडर्स कनक्लेभ

श्वेतपत्र जारी गर्दै सकियो छैटौ सार्क बिजनेश लिडर्स कनक्लेभ

काठमाडौं, ५ चैत । दक्षिण एसियाली मुलुकहरूबीचको व्यापारमा तीब्र वृद्धि गर्नुपर्ने घोषणासहितको श्वेतपत्र जारी गर्दै छैटौं सार्क बिजनेस लिडर्स कनक्लेभ २०१८ आइतबार सम्पन्न भएको छ । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजले आयोजना गरेको तीन दिने कन्क्लेभले दक्षिण एसियाभित्र ५ प्रतिशतभन्दा कम रहेको व्यापारलाई वृद्धि गर्न सम्बद्ध सवैको सहकार्य र समन्वयमा जोड दिएको छ ।

कन्क्लेभले क्षेत्रीय व्यापार अभिवृद्धिका लागि शुल्क न्यूनीकरण, यातायात सञ्जालमा सुधार र नियमनका अवरोधहरूलाई हटाउनुपर्नेमा जोड दिइएको छ । कन्क्लेभले मानवीय जनशक्तिको विकास, रेमिट्यान्सको असरको व्यवस्थापन तथा विदेशी लगानी अभिवृद्धिका लागि उचित वातावरण व्यवस्थापनका साथै दिगो सामाजिक आर्थिक विकासमा जोड दिएको छ । दोहोरो आर्थिक वृद्धिका लागि बलियो योजनामा जोड दिँदै दक्षिण एसियाको आर्थिक समृद्धि र तीव्र आर्थिक वृद्धिमा जोड दिएको छ ।

सार्क चेम्बरका अध्यक्ष सुरज वैद्यले कन्क्लेभले सार्क राष्ट्रभित्रका राजनीतिक व्यक्तित्वसहित व्यापारिक नेताहरू एकै ठाउँमा उभ्याएर सार्कभित्र भएका सम्झौताहरू कार्यान्वयनका लागि वातावरण बनाएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x