Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नागरिक लगानी कोषद्वारा १ खर्व १ अर्व बचत संकलन

नागरिक लगानी कोषद्वारा १ खर्व १ अर्व बचत संकलन

काठमाडौं, ५ चैत । नागरिक लगानी कोष स्थापनाको २८ औ वर्षमा प्रवेश गरेको छ । मुलुकको पूँजी बजारको विकासका लागि आवश्यक टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना गरिएको कोषले आइतबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाएको छ ।

चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा कोषले १ खर्व १ अर्व ४६ करोड रुपैयाँ बचत संकलन गरिसकेको छ । कोषको रकम संकलन वार्षिक २० प्रतिशतका दरले बृद्धि भइरहेको बताइएको छ । संकलित रकमलाई अहिले कोषले केही मात्रामा पर्यटन, जलस्रोत र उत्पादनमुलुक क्षेत्रमा लगानी गरिरहेको छ । अवका दिनमा कोषले लगानीलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा विस्तारित गर्ने विशेष योजना बनाएको छ । त्यस्तै लगानी बोर्डलाई पनि वैदेशिक लगानीहरुमा सहवित्तियकरण सहभागिताका लागि कोषले आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x