Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कैलाश हेलिकप्टरले पायो एओसी

कैलाश हेलिकप्टरले पायो एओसी

काठमाडौं, १० चैत । कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले शुक्रबार नेपाल नागरिक उड्ड्यन प्राधिकरणबाट वायुयान सञ्चालन अनुमती (एओसी) पाएको छ । एओसी पाएसँगै कम्पनीले शनिबारदेखि व्यावसायिक उडान गर्ने भएको छ ।

कम्पनीले २ साताअघि एयरबस कम्पनीको फ्रान्समा निर्मित नयाँ एएस ३५० बी ३ इ हेलिकप्टर खरिद गरी नेपाल ल्याएको थियो । यस हेलिकप्टरको २३ हजार फिटसम्म उडान गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ । कम्पनीले छिट्टै नै अर्को हेलिकप्टर थप गरेर सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

स्वदेशी तथा विदेशी अनुभवी चालक तथा क्रु मेम्बरमार्फत सेवा दिने कैलाश हेलिकप्टर सर्भिसेज प्रालिको प्रवद्र्धकमा दुई दशकभन्दा लामो अनुभव रहेका हवाई र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीसहित बैंकर, उद्योगीलगायतको लगानी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x