Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

संस्थागत निक्षेपमा १ अर्ब ५ करोड लगानी गर्दै राष्ट्र बैंक

संस्थागत निक्षेपमा १ अर्ब ५ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, ९ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निक्षेपमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी गर्दै छ । केन्द्रीय बैंकले पेन्सन तथा उपदान कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्न लागेको हो ।

उक्त रकम लगानीका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आज (बुधवार) अपराह्न ५ बजेसम्म निक्षेपको रूपमा राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर प्रस्ताव पेश गर्नुपर्ने राष्ट्र बैंकले बताएको छ । उक्त रकमको अवधि २०७८ असार २१ गतेदेखि २०७९ असार २१ गतेसम्म लागू हुनेछ ।

लगानीका लागि छुट्याइएको कुल रकममध्ये वाणिज्य बैंकहरुको लागि ८४ करोड, विकास बैंकका लागि १५ करोड ७५ लाख र वित्त कम्पनीका लागि ५ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ । रकम लगानीका लागि प्रस्ताव पेश गर्ने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्ने, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुुपर्ने प्रावधान रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x