Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चार कम्पनीहरुको बोनस शेयर सुचिकृत

चार कम्पनीहरुको बोनस शेयर सुचिकृत

काठमाडौं, १३ चैत्र । नेपाल स्टक एक्सचेन्जमा मंगलबार चार कम्पनीहरुको बोनस शेयर सुचिकृत भएका छन् । बोनस शेयर सुचिकृत गर्नेहरुमा २ वाणिज्य बैंक स्ट्याण्डर्ड चार्टर्ड र माछापुच्छ्रे, १ वीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स, र १ लघुवित्त कम्पनी एनएमबि माइक्रोफाइनान्स रहेको छ । यी कम्पनीहरुको बोनस शेयर सुचिकृत भएसंगै नेप्सेमा ४ करोड ७१ लाख ९२ हजार ८९३.३३ कित्ता शेयर थपिएको छ ।

नेप्सेमा आज स्ट्याण्डर्ड चार्टर्डको ४ करोड ५७ हजार १५३.३३ कित्ता बोनस शेयर सुचिकृत भएका छन् । बैंकले शेयरधनीहरुलाई १०० प्रतिशत बोनस शेयर दिएको थियो । यस्तै माछापुच्छ्रेको ६६ लाख ५१ हजार ४९० कित्ता बोनस शेयर सुचिकृत भएका छन् । बैंकले शेयरधनीहरुलाई ९ प्रतिशत बोनस शेयर दिएको थियो ।

एभरेष्ट इन्स्योरेन्सले शेयरधनीहरुको दिएको १० प्रतिशतको बोनस शेयर नेप्सेमा सुचिकृत भएका छन् । इन्स्योरेन्सको २ लाख २ हजार पाँच सय कित्ता बोनस शेयर सुचिकृत भएका हुन् । यस्तै एनएमबि माइक्रोफाइनान्सको २ लाख ८१ हजार ७५० कित्ता बोनस शेयर सुचिकृत भएका छन् । माइक्रोफाइनान्सले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x