Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बद्रीनाथ पुरस्कार पन्त र तायललाई

बद्रीनाथ पुरस्कार पन्त र तायललाई

धनगढी, माघ १३ गते। बद्रीनाथ सामुदायिक अध्ययन केन्द्र कैलालीले यस वर्षको ‘बद्रीनाथ शिक्षा तथा समाजसेवा पुरस्कार‘ बाट दुई जनालाई सम्मान गर्ने घोषणा गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा शिक्षा क्षेत्रतर्फ कैलाली बहुमुखी क्याम्पसका पूर्वप्रमुख डा हेमराज पन्त र समाजसेवी श्याम तायललाई उक्त पुरस्कार दिइने जानकारी दिइएको छ ।

उक्त पुरस्कारको राशि जनही रु १५ हजार र साथमा पदक र कदरपत्र रहनेछन् । यस क्षेत्रका वरिष्ठ समाजसेवी ९२ वर्षीय बद्रीनाथ भण्डारीले स्थापना गरेको रु १० लाखको अक्षय कोषको ब्याज रकमबाट शिक्षा र समाजसेवामा उत्कृष्ट योगदान पु¥याउनेमध्येबाट दुई जनालाई उक्त पुरस्कार बर्सेनि प्रदान गर्ने योजना केन्द्रको रहेको उपाध्यक्ष गिरिराज ओझा र सचिव तेजबहादुर सिंहले जानकारी दिनुभयो । चार वर्षअघि समाजसेवी भण्डारीकै पहलमा स्थापित केन्द्रले सामाजिक क्षेत्रमा महत्वपूर्ण क्रियाकलाप गर्दै आएको छ । गोरखापत्र दैनिक बाट

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x