Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

यी हुन संसारका १० सबैभन्दा घटिया ट्राभल डेस्टिनेशन

यी हुन संसारका १० सबैभन्दा घटिया ट्राभल डेस्टिनेशन

संसारमा घुम्नका लागि आकर्षक स्थानहरु थुप्रै छन् । तर यस्ता पनि ठाँउ छन्, जहाँ घुम्नका लागि एकदमै घटिया छन् ।

ट्राभल वेबसाइट डेस्टिनेशन टिप्सले विश्वका यस्तै १० सबैभन्दा घटिया ट्राभल डेस्टिनेशनको सूची सार्बजनिक गरेको छ । यसमा उत्तर कोरियाको राजधानी प्योङयाङदेखि सिरियाको राजधानी दमिश्कसम्म सामेल छन् । यसका साथै वार जोनको रुपमा सोमलिया र प्रदूषणका लागि बंगलादेश पनि घुम्नका लागि घटिया स्थानमा गणना भएका छन् ।

अरु कुन(कुन स्थान छ त, जो यात्राका लागि घटिया हुन् रु

ढाका, बंगलादेश

बंगलादेशको ढाका एकदमै प्रदूषित शहरमा गणना गरिएको छ । विश्वकै प्रदूषित शहरमा यो चौथो नम्बरमा आउँछ । गाडी र कलकारखानाको धुँवाले यहाँको वायुमण्डल प्रदूषित बनाएको हो ।

गअचबष्ल

किव, युक्रेन

युक्रेनको राजधानी कीव भ्रमणका लागि अनुचित गन्तव्य हो । किनभने यहाँ केहि समययता सरकार बिरोधी आन्दोलन चर्किरहेको छ, जसले पुरै शहरलाई ध्वास्त बनाइरहेको छ ।

जबष्तष्

पोर्ट ओ प्रिन्स, हइटी

हइटीमा २०१० मा बिनासकारी भूकम्प गयो, जसको असर अहिलेसम्म देखिन्छ । यस भूकम्पले पोर्ट ओ प्रिन्सका ५० प्रतिशत मानिस घरबारविहिन भए । त्यहाँ हेर्नलायक संरचनाहरु खासै बाँकी छैन ।

मबmबकपबक

दमिश्क, सीरिया

सीरियामा पछिल्लो पाँच बर्षयता युद्ध चलिरहेको छ । यहाँ बिद्रोहीका साथै आइएसआइएसको आतंक जारी छ । यसको धेरै असर राजधानी दमिश्कमा परेको छ ।

कयmबष्बि

मोगादिशु, सोमालिया

सोमालियाको राजधानी मोगादिशु अफ्रिकाकै सबैभन्दा हिंस्रक शहर हो । यहाँ बिगत लामो समयदेखि अस्थिर माहौल छ । आतंककारी समूह अल शबाबले यहाँ आतंक मच्याइरहेको छ ।

चथगनथयलन(लयचतज(पयचभब

प्योङयाङ, उत्तर कोरिया

यो विश्वकै रहस्यमयी देश उत्तर कोरियाको राजधानी हो । यहाँ कुनैपनि बिदेशी आएको(गएको निगरानी गरिन्छ । यहाँ एक्लै घुम्न र फोटो खिच्न मनाही छ ।

mभहष्अय(अष्तथ

सियुदाद जुआरेज, मेक्सिको

मेक्सिकोका यस शहरलाई विश्वकै सबैभन्दा खतरनाक स्थान मानिन्छ । हत्या, अपहरण र सडकमा जिउदै जलाउन यहाँ सामन्य मानिन्छ ।

अययिmदष्ब

बोगोटा, कोलम्बिया

कोलम्बियाको यो शहर पनि लागु औषध कारोबारको अखडा हो । यहाँ हत्या, अपहरण, भ्रष्टचार हुने गरेको छ ।

स्केगनेस, बेलायत

घुम्नका लागि घटिया स्थानको सूचिमा बेलायतको यो शहर पनि सामेल छ । यो सुनसान समुन्द्री किनारको शहरमा अहिले क्रमस पर्यटकको चाप कम हुदै गएको छ ।

पोर्ट मोजरबी, पापुआ न्यू गिनी
यो एकदमै आपराधिक स्थान हो । तीन लाख बढी मानिस बस्छन् ।
अनलाइनखबर

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x