Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

धितोपत्रको खरिद–विक्रिका लागि सेभिङ अटोमेसनको सुरुवात

धितोपत्रको खरिद–विक्रिका लागि सेभिङ अटोमेसनको सुरुवात

काठमाडौं, २ बैशाख । इन्टरनेट मार्फत धितोपत्रको खरिद–विक्रिका लागि जानकारी दिने प्रणाली (सेभिङ अटोमेसन)को सुरुवात गरिएको छ । क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिले आज आयोजना गरेको एक कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले उक्त सेवाको शुभारम्भ गरे ।

कार्यक्रममा कार्कीले सेभिङ आटोमेसनको सुभारम्भ नेपालको धितोपत्र बजारका लागि कार्य सुखद् भएको वताए । पुँजी बजारलाई प्रविधिमैत्री र अन्तार्राष्ट्रिय स्तरको बनाउने विश्वास व्यक्त गरे । त्यस्तै नेपाल स्टक स्क्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन प्रविधिवाट अडर दिन सक्ने भएकोले नेपालको पुँजी बजारमा यो प्रणाली महत्वपूर्ण भएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x