Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

ऐश्वर्य विद्या निकेतनलाई लिटल फ्लावर अन्तर विद्यालय प्रिमियर लिगको उपाधी

ऐश्वर्य विद्या निकेतनलाई लिटल फ्लावर अन्तर विद्यालय प्रिमियर लिगको उपाधी

धनगढी, १६ माघ । यही माघ ५ गते देखि सञ्चालन भएको लिटल फ्लावर अन्तर विद्यालय प्रिमियर लिगको उपाधी ऐश्वर्य विद्या निकेतनले हात पारेको छ ।
शनिबार उपाधिका लागि वीज्डम एकेडमी वेलौरी र ऐश्वर्य विद्यानिकेतन धनगढी विच
भएको फइनल खेलमा ऐश्वर्यले वीज्डमलाई ८ विकेटले पराजित गर्दै शानदार जित
हातपारेको थियो । टस जितेर पहिला व्याटिङ गर्ने निर्णया गरेको वीन्डमले
निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै ८६ रनमात्र बनाउन सकेको
थियो । ।
वीज्डमकालागि अविशेक उपाध्यायले २३, हरिष विष्टले १३ र अर्जुन चौधरीले १२
रनको योग्दान दिए पनि अन्य ब्याट्समयानहरुले सन्तोष जनक परिणम ल्याउन
नसक्दा टिम ८६ रनमा खुम्चिन पुगेको थियो ।
विकेट तर्फ ऐश्वर्यका कप्तान नारायण जोशी, ब्याट्सम्यान सचिन वडायक र माधव
ठकुन्नाले समान २–२ विकेट हातपार्न सफल भएको थिए ।
८७ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेको ऐश्वर्यले १४.२ ओभर खेल्दै २
विकेटको क्षेतिमा लक्ष्य भेटाएको थियो । ऐशवर्यकालागि ओपनर ब्याट्सम्यान
राजन सिंहले नट्आउट् ३३ रनको योगदान एिका थिए भने कप्तान नारायण
जोशीले २ छक्का र १ चौकाको मद्दतमा १७ रनको योग्दान दिएका थिए । यो
संगै ऐश्वर्यले नगद ३० हजार पुरस्कार राशी समेत हात पार्न सफल भएको थियो
। प्रथक हुने टोलिकालागि होटल डिभोटीले पुरस्कारको प्रायोजन गरेको हो
। भने दोश्रो स्थान विजेता वीज्डमले नगद १५ हजार रुपैया हात पारेको थियो ।
प्रतियोगिताका मयान आफ द म्याच राजन सिंह घोषित भएका थिए । यसैगरी
प्रतियोगिताका मयान आफ द शिरिज ऐशवर्यका कप्तान नारायण जोशी घोषित
भएका थिए । जोशीे प्रतयोगिता भर उत्कृष्ठ बलिङ तथा ब्याटिङ गर्न सफल भएका
थिए । उनलाई रोडहाउस क्याफेको तर्फ बाट नगद रु २ हजार पदार्न गरिनुका
साथै ट्रफि प्रदान गरिएको थियो ।
यसैगरी प्रतियोगितामा उत्कृष्ठ ब्याट्स म्यान ऐश्वर्यका राजन सिंह, उत्कृष्ठ
फिल्डर यरिष्टो बोर्डिङ स्कुल धनगढीका अनिल थापा र उत्कृष्ठ बलरमा वीज्डक
एकेडमी वेलौरीका प्रकाश भाट घोषित भएका थिए । भाटलाई कैलोरी भेज म ः
म का तर्फ बाट १० हजार बराबरको ब्याट समेत प्रदान गरिएको थियो ।
प्रतियोगिता समापन गर्दै कैलाली क्षेत्र न. ६ का सांसद पुष्करनाथ ओझाले
खेलाडीहरुले आफ्नालागि मात्र नभई देशकालागि पनि खल्नु पर्ने बताएका थिए ।
सांसद ओझाले धनगढीमा एक पछी अर्को गर्दै सञ्चालन हुदै आएका खुलकुद
प्रतियोगिताले खेलाडीहरुको क्षमता अभिवृदीमा निक्कै सहयोग पुग्दै आएको
बताएका थिए ।
प्रतियोगितामा होटल डिभोटी,सुरज ग्रुप, कैलोरी भेज मःम, रोडहाउस
क्याफे लगायत विभिन्न संस्थाहरुले सहयोग गरेका थिए । लिटल फ्लावर बोर्डिङ
स्कुलका सहायक प्रिन्सिपल कलेन्द्र शाहीको अध्यक्षतामा समापन भएको कार्यक्रममा
स्वागत मन्तवय धनगढी पोष्ट दैनिकका प्रकाशक÷सम्पानदक कर्ण शाहाले गरेका थिए
भने कार्यक्रम सञ्चालन लिटलका प्रिनिसपल राचन्द्र शाहीले गरेका थिए । आगामी
बर्ष प्रतियोगिताको पुरस्कार राशी दोब्बर बनाइने प्रिनिसपल शाहीले जानकारी
दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x